आज मात्रै सुदूरपश्चिममा १५८ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा कोरोना संक्रमण

धनगढी : शुक्रबार सुदूरपश्चिम प्रदेशमा १५८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । प्रदेशका विभिन्न स्थानमा १ हजार ३८५ नमुना परीक्षण गरिएकोमा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार एक हजार २६९ जनामा एन्टिजेन परीक्षण गर्दा १०१ जना र ११६ जनाको पिसिआर परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो । भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ ।

आज मात्रै भारबाट स्वदेश फर्केका ९७ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै २४ घण्टामा यस प्रदेशमा ६ जना डिस्चार्ज भएका छन् ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार