कोभिडबाट जोगिन पूर्व तयारीमा जुट्न आग्रह गर्दै धनगढी उप-महानगरलाई १० बुँदे ध्यानाकर्षण पत्र

सामाजिक सञ्जालमा विरोध मात्रै होइन, रचनात्मक तवरले सम्बन्धित निकाय सङ्ग सबैले साझेदारी गर्न आग्रह

कोरोना भाइरसबाट जोगिन पूर्व तयारीमा जुट्न आग्रह गर्दै धनगढी उप-महानगरलाई १० बुँदे ध्यानाकर्षण पत्र

धनगढी : ‘म बाच्छु अनि बचाउँछु, अभियानका युवाहरूले धनगढी उप-महानगरपालिकाकी नगर उप-प्रमुख सुशीला मिश्र भट्ट लाई १० बुँदे ध्यानाकर्षण पत्र  बुझाएका छन् । उनीहरूले कोरोना भाइरस कोभिड-१९ को तेस्रो भेरियन्ट ओमीक्रोन फैलिन नदिन पूर्व तयारीमा जुट्न आग्रह गर्दै १० बुँदे सुझाव सहितको ध्यानाकर्षण पत्र  बुझाएका हुन् ।

पछिल्लो समय मित्र राष्ट्रहरूमा फैलिँदै गरेको कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको सङ्क्रमण नेपालमा पनि  फैलिँदै गइरहेकोले त्यसलाई धेरै फैलिन नदिन र कोभिडको न्यूनीकरण गर्न पूर्व तयारीमा जोड दिन आग्रह गर्दै ध्यानाकर्षण पत्र  बुझाएको ‘म बाच्छु अनि बचाउँछु’ अभियानका संयोजक सुरज खड्काले बताए ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी र नजिकै रहेकोले गौरिफन्टा सीमा नाका बाट आउने नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने आइसोलेसन, क्वारेन्टीन बनाउन पूर्व तयारी गर्नुपर्ने लगायतका सुझावहरू ध्यानाकर्षण पत्र मार्फत दिइएको छ ।

सामाजिक सञ्जालमा विरोध मात्रै होइन प्रत्यक्ष रूपमा नागरिकको जनजीविकाको सवाल र समस्या न्यूनीकरण गर्न रचनात्मक तवरले सम्बन्धित निकाय सङ्ग सबैले साझेदारी गर्न तथा ‘आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारालाई आत्मसाथ गर्न सम्बन्धीत सबैलाई आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार