सदूरपश्चिम प्रदेश सभाले मनायो पाचौं स्थापना दिवस : मुख्यमन्त्री भट्ट भन्छन्, ‘सिस्टम बदल्नु पर्छ’

सुदूरपश्चिम प्रदेश सभाले पाचौं स्थापना दिवस मनायो

धनगढी : सदूरपश्चिम प्रदेश सभाले पाचौं स्थापना दिवस मनाएको छ । प्रदेशसभा परिसरमा प्रदेश देवराज जोशी, सभामुख अर्जुन बहादुर थापा, मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्री लगायतको उपस्थितिमा पाचौं स्थापना दिवस मनाइएको हो ।

सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले जग्गा नपाएकै कारणले प्रदेशको राजधानी निमार्णको कार्य रोकिएको बताएका छन् । ‘अहिले सम्म जग्गा नपाएको कारण मात्रै राजधानी निमार्णको कार्य रोकिएको हो’,उनले भने, ‘मान्छेले भन्न सक्छन् किन अहिले सम्म भएन ? के कारणले रोकियो । तर म भन्न चाहन्छु अहिले सम्म जग्गा नपाएकै कारणले मात्रै राजधानी निमार्णका कार्य रोकिएको हो ।’

२०७५ सालमा प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को तेघरी क्षेत्रमा राख्ने निर्णय गरिएको थियो ।  राजधानी घोषणा भएको तीन वर्ष बढी भइसक्दा पनि प्रदेश सरकारले कुनै पनि कार्य अगाडि बढाउन नसक्दा चौतर्फी समेत विरोध हुने गरेको छ ।

तर मुख्यमन्त्री भट्टले भने प्रदेश सरकारले विधि प्रक्रिया सबै प¥याउदा पनि सङ्घीय सरकारले जग्गा नदिँदा सम्म काम गर्न नसकेको बताएका हुन् । यो चार वर्षको अवधिमा थुर्पै सङ्घर्ष गर्नु परेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले नेपालको सिस्टमको परिवर्तन हुन आवश्यक रहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार