विप्लव निकट विद्यार्थीको पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध मसाल जुलुस

पेट्रोलियम पदार्थको मूल्य बृद्धि विरुद्ध विप्लव निकट विद्यार्थीको मसाल जुलुस

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्य बृद्धिविरुद्ध मसाल जुलुस निकालेको छ।

सोमबार साँझ काठमाडौँको मीनभवनमा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको हो। मसाल जुलुससहितको विरोध प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता लिन माग गरेका छन्।

नेपाल आयल निगमले गत बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ बढाएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार