धनगढीको चटकपुरमा प्रहरीद्वारा निर्माणाधिन घरको नालामा फसेको बाच्छीको उद्दार

चटकपुर प्रहरीद्वारा निर्माणाधिन घरको नालामा फसेको बाच्छीको उद्दार

धनगढी : अस्थायी प्रहरी पोष्ट चटकपुरले निर्माणाधिन घरको नालामा फसेको गाइको बाच्छीको उद्दार गरेको छ । धनगढी उपमहानगरपालिका–३ को चटकपुरस्थित आइतबार रातिदेखि निर्माणाधिन घरको नालामा फसेको बाच्छीको उद्दार गरेको हो ।

करीब १० फिट गहिरो नालामा फसेको नालामा घाइते अवस्थामा रहेको बाच्छीको स्थानीयको सहयोगमा अस्थायी प्रहरी पोष्टमा प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्र चन्द नेतृत्वको टोलीले उद्दार गरेको जनाएको छ ।

प्रहरीले घरेलु निर्माणका सामाग्री प्रयोग गरेर बाच्छीलाई नालाबाट बाहिर निकालेको थियो । बाच्छी रातिको समयमा गहुँ चर्दाचर्दै नाला भएको ठाउँमा पुगेर त्यहाँ खसेको हुनसक्ने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार