एक हप्ताका लागि धनगढी उप-महानगरपालिकाद्धारा अत्यावश्यक बाहेकका सेवा बन्द

खोप कार्ड अनिवार्य

धनगढी उपमहानगरपालिका

धनगढी : कर्मचारीमा कोरोना पुष्टि भएपछि धनगढी उपमहानगरपालिकाले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको छ ।

महानगरले मंगलबार एक सूचना जारी गर्दै केही कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको र केहीमा लक्षण देखा परेकोले अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको जनाएको छ ।

यस्तै १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिएको सूचनामा उल्लेख छ। कार्यालयबाटै कोभिड सङ्क्रमण फैलिने डर रहेकाले स्वास्थ्य, सरसफाई, एम्बुलेन्स, दमकलबाहेक सबै सेवा स्थगन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए।

साथै अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीलाई स्वास्थ्य मापदण्डको पालना गर्न र खोप कार्ड अनिवार्य ल्याउन अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार