सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुग्यो, समेटियो लिपुलेक, लिम्पियाधुरा

कुन प्रदेशमा कति भयो जनसंख्या वृद्धि

सुदूरपश्चिम प्रदेश सभा र प्रदेश सभाका सदस्य (सांसद)हरुले प्रयोग गर्ने लोगो परिमार्जन हुने भएको छ।

धनगढी : सुदूरपश्चिम प्रदेशका जनसंख्या २७ लाख नाघेको छ । तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार सुदूरपश्चिमको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो ।

योसँगै सुदूरपश्चिम प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने पाँचौं प्रदेश भएको छ । २०६८ सालको जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो । भने १० वर्षको अवधिमा एक लाख ५८ हजार ७५३ बढेको हो ।

नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ। यस्तै नेपालको जनसंख्या १० वर्षमा २६ लाख ९७ हजारले बढेर २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

तथ्यांक विभागले यो वर्ष २०७८ को जनगणनामा नेपालको सुदूरपश्चिम प्रदेशको भूमि लिपुलेक र कालापानीमा विभागले जनगणनामा भारतीय अतिक्रमणमा परेको भूमिमा गणकहरुको भौतिक उपस्थिति नरहेनपनि प्रारम्भिक जनसंख्या तथ्यांक समेटिएको बताएको छ ।

दार्चुलाको त्यस क्षेत्रसँग जोडिएको स्थानीय तहसँगको समन्वयमा वडा तहको गणना गरेर तथ्यांक संकलन गरिएको विभागको भनाइ छ ।

नेपालको जनगणना

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार