घरायसी विवादका कारण कञ्चनपुरमा छोराले गरे आफ्नै बुवाको हत्या

हत्या

कञ्चनपुर : कञ्चनपुरमा छोराले बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको लालझाडी गाउँपालिका– २ कंज गाउँका २२ वर्षीय राम विलास रानाले आफ्नै ४० वर्षीय बुवा ठग्गु रानालाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

आइतबार राति १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । हत्याको सूचनापछि तुरुन्तै आरोपित छोरालाई पक्राउ गरिएको छ ।

घरायसी विवादका कारण राम विलासले ठग्गुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको छ । भने आरोपितमाथि थप अनुसन्धान कार्य भइरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार