हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बेलुकादेखि माैसम क्रमिकरूपमा सुधार हुँदै जाने

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज(शनिबार) बेलुकादेखि माैसम क्रमिकरूपमा सुधार हुँदै जाने माैसमविद्ले बताएका छन् ।

आइतबार घाम लाग्ने सम्भावना रहेकाे माैसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।  आज (शनिबार)दिउँसो देशका प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश-१, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना समेत छ ।

राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार