सगरमाथाको साउथ कोल पग्लने क्रम तीव्र गतिले बढेको छ : अध्ययन

सगरमाथा

पछिल्लो समय सगरमाथाको उच्च भागमा रहेका हिमनदी पग्लने क्रम तीव्र गतिले बढेको नयाँ अध्ययनले देखाएको छ। अमेरिकाको माइन युनिभर्सिटीका अध्ययनकर्ताहरु गरेको अनुसन्धानबाट उक्त तथ्य पत्ता लागेको हो।

जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको साउथ कोलको हिमनदीको सतह खिइँदै गएको बीबीसीले जनाएको छ। अनुसन्धानकर्ताहरुका अनुसार साउथ कोलमा गएको २५ वर्षमा १८० फिटभन्दा बढी हिउँ हटेको बीबीसीमा उल्लेख छ।

समुन्द्री सतहबाट ७ हजार ९०६ मिटर माथि रहेको साउथ कोल हिमनदी ८० गुणाले पातलिँदै गएको दाबी गरिएको छ। बढ्दो तापक्रम र तेजिलो हावाका कारण हिउँ पग्लिएको प्रतिवेदनमा भनिएको छ। दुई हजार वर्ष लागेर बनेका बरफ ३० वर्षको अवधिमा पग्लेको उक्त प्रतिवेदनमा उल्लेख छ।

डा मरिउस्ज पोटोकी अध्यननका एक सदस्य हुन्। उनले साउथ कोल हिमनदीको अवशेष हुनसक्ने बताएका छन्। १० जना अनुसन्धानकर्ताको टोली हिमनदी पुगेर अध्ययन गरिएको बताइएको छ। हिउँ पग्लन थालेपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालिएको अध्ययनकर्ताहरुले दाबी गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार