भारी हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

डोजर र नेपाली सेनाले पन्छाए हिउँ

भारी हिमपातका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

धनगढी : भारी हिमपातका कारण अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । डोजर र नेपाली सेनाले हिउँ पन्छाएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज साँझबाट सञ्चालमा आएको छ ।

बिहीबारदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको थियो । भने सयौं गाडी र हजारौं यात्रुहरु अलपत्र परेका थिए । आज बिहानैदेखि हिमपात रोकिएपछि डोजर र नेपाली सेनाले हिउँ पन्छाएको हो ।

राजमार्गमा भएको बाक्लो हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जननाएको छ । राजमार्ग सुचारु भएसँगै बाटोमै अलपत्र परेका यात्रु र सवारी गन्तव्यतर्फ लागेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार