SKIP THIS

धनगढी उप-महानगरपालिका

आजबाट मौसम खुल्यो, अब चिसो कम हुँदै जान्छ : मौसमविद्

मौसम सफा

काठमाडौं : बिहानैबाट आज मौसम सफा रहेको छ । काठमाडौंमा घाम लागेको छ । बिहान ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा साँझपख सामान्य बदली हुनेछ । आज देशभरको मौसम सफा हुने वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उनका अनुसार भोलि भने केही क्षेत्रमा बदली हुनेछ । पूर्वी र पश्चिम नेपालमा केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको सापकोटा बताउँछन् । पहाडी र हिमाली क्षेत्रमा केही बदली भए पनि तराईमा भने मौसम भोलि पनि सफा रहनेछ ।

“अब क्रमशः चिसो कम हुँदै जान्छ । बदली नहुने र घाम लाग्दै जाँदा तापक्रम पनि बढ्दै जान्छ,” मौसमविद् सापकोटा भन्छन्, “आजबाट घाम लाग्न सुरु भएसँगै तापक्रम बढ्दै जान्छ । न्यूनतम तापक्रम केही दिन तल रहे पनि अधिकतम तापक्रम बढ्दै जान्छ ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार