नेपाल बन्दकर्ताहरू द्धारा सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

नेपाल बन्दकर्ताहरू द्धारा सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडी तोडफोड

धनगढी : नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी तोडफोड गरेका छन् ।

आज विहान बन्दकर्ताले ००१ झ ४०१ नम्बरको गाडीलाई बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले ढुंगा प्रहार गर्दा गाडीको सिसा फुटेको छ ।

काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउँदै गरेको सो गाडीलाई कोहलपुरमा बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको हो ।

एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका छन् । देशभर बन्दको आंशिक प्रभाव परेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार