बस दुर्घटना हुँदा १० जनाको मृत्यु

सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

काठमाडौँ : सङ्खुवासभामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नम्बर ६ सात घुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लाल ध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ ।

घटनास्थलमा उद्धार कार्य जारी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार