डडेल्धुरामा सुक्खा पहिरो : भीमदत्त राजमार्ग अवरुद्ध, सवारी साधन ठप्प हुदाँ यात्रु अलपत्र

डडेल्धुरामा सुक्खा पहिरो : भीमदत्त राजमार्ग अवरुद्ध, सवारी साधन ठप्प हुदाँ यात्रु अलपत्र
तस्बिर : योगेश

डडेल्धुरा : डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।

बुधबार सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको हो । पहिरो पन्छाउँन दुई डोजर लगाइएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रु अलपत्र परेका छन् ।  अवरुद्ध बनेको राजमार्ग करिव ५ घण्टाभित्र सुचारु हुने अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार