SKIP THIS

धनगढी उप-महानगरपालिका

डोटीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ७ जना घाइते

डोटीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ७ जना घाइते

धनगढी : डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी पुर्वीचौकी–३ डोटीका १८ बर्षका खेम बोहरा र ४५ बर्षका पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस्तै घाइते हुनेमा पुर्वीचौकी गाउपालिकाका यसोदा बोहरा, मोहन बोहरा, अमरसिह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशी रहेका छन् ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जनाएको छ । घाइते मध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशी अवस्था गम्भीर रहेको बताइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार