जलवायु परिवर्तन कम गर्ने उपाय, यी काम गर्न सकिन्छ ?

मानवजातिले सामना गरेको सबैभन्दा ठूलो चुनौती

जलवायु परिवर्तन कम गर्ने उपाय, यी काम गर्न सकिन्छ ?

जलवायु परिवर्तन मानवजातिले सामना गरेको सबैभन्दा ठूलो चुनौती हो । अहिले विश्वका धेरै मानिसहरु वातावरण संरक्षणका लागि लडिरहेका छन् । जलवायु परिवर्तनलाई कम गर्न यी काम गर्न सकिन्छ :

१) बालिका शिक्षा

बालिकाहरुको शिक्षामा ध्यान केन्द्रित गर्नाले सामाजिक र आर्थिक फाइदामात्रै नभई जलवायु परिवर्तनसँग जुध्न पनि सहयोग पुग्ने वैज्ञानिकहरूले बताएका छन् । बालिकाहरु शिक्षा लिने समयसम्म उनीहरु आमा बन्दैनन् । सबै बालिकाहरुले विद्यालय शिक्षा पुरा गरे भने सन् २०५० सम्म विश्वमा जति जनसंख्या हुने अनुमान गरिएको छ, त्यसको ८४ करोड जनसंख्या कम हुनेछ ।

जनसंख्या र जलवायु परिवर्तन एक अर्काबीच सम्बन्धित छ । कतिपय गरीब देशमा धनी देशको तुलनामा कार्बन उत्सर्जन धेरै कम छ । प्राकृतिक स्रोतहरुको प्रयोग र जनसंख्याबीच सम्बन्ध छ । छोरीहरुलाई शिक्षा दिँदा जनसंख्या नियन्त्रण हुने मात्र होइन, जागिर, कारोबार र राजनीतिमा महिलाहरुको सहभागिताले पर्यावरण संरक्षणमा टेवा पुग्छ ।

कतिपय अध्ययनले महिलाले नेतृत्व गर्दा वातावरण संरक्षणका लागि धेरै उपयुक्त तरिकाले नीति बनाउन सक्ने देखिएको छ । पुरुषको तुलनामा महिना नेताहरुले वैज्ञानिकको सुझाव ध्यान दिएर सुन्छन् । कोराना भाइरस महामारीका समयमा पनि यो प्रमाणित भएको छ ।

२) बाँस
बाँस संसारमा सबैभन्दा छिटो बढ्ने बिरुवा हो । यो एक दिनमा एक मिटरसम्म बढ्न सक्छ र यसले अन्य रुखहरुभन्दा छिटो कार्बन निकाल्छ । बाँस स्टिलभन्दा पनि बलियो हुन सक्छ । यी सबै क्षमताको कारण फर्निचर र भवन निर्माणमा विशेष हुन्छ । चीनमा बाँसलाई गरीबले प्रयाेग गर्ने बाँसका रूपमा लिइन्थ्यो तर अहिले याे धारणा फेरिदै गएको छ । बाँसका उत्पादनहरु स्टिल, पिभिसी, आल्मुनियम र कंक्रिटको विकल्पका रुपमा देखा परेको छ ।

बाँसको अन्य फाइदा पनि छ । बाँसले माटोको उर्वराशक्ति बढाउन पनि सहयोग गर्छ । यसले भूक्षय पनि रोक्छ । आरिफ रबिक इन्डोनेसियामा वातावरणीय बाँस फाउन्डेसन चलाउँछन् । आरिफले कार्बन नियन्त्रित गर्न एक हजार बाँसको जंगल बनाउन सुरु गरेका छन् । उनले करिब २० वर्ग किलोमिटर क्षेत्रमा बाँसको जंगल र अन्य बाली लगाउनेछन् । यी जंगलहरुमा जनावारहरु पनि हुनेछन् ।

३) फ्रिज र रेफ्रिजरेटर
सबै रेफ्रिजरेटर, फ्रिजर र वातानुकुलित एकाइहरुमा हाइड्रोफ्लोरोकार्बन जस्ता रासायनिक तत्व हुन्छन् । तर इन्सुलेटिङ पावरबाट फ्रिजमा पनि हाइड्रोफ्लोरोकार्बन बन्छ, यो वातावरणका लागि खतरनाक छ । कार्बनडाइअक्साइडको तुलनामा यो ग्यास धेरै खतरायुक्त मानिन्छ । सन् २०१७ मा विश्वभरका नेताहरु वातावरणका लागि हानिकारक ग्यास उत्सर्जन घटाउन सहमत भएका थिए । तर पहिले नै रेफ्रिजरेटर र एयर कन्डिसनरको संख्या धेरै उच्च छ । धेरैजसो उपकरणहरु पुरानो हुँदै जाँदा यसबाट हुने ग्यास उत्सर्जन बढ्छ । यसैले तिनीहरुलाई पुनः प्रयोग गर्न धेरै महत्वपूर्ण छ ।

४) चामल

विश्वका आधाभन्दा धेरै जनसंख्याको मुख्य खाद्यान्न चामल हो । यसको उत्पादन गर्न जटिल छ । धानबालीको उत्पादनका लागि धेरै पानीको आवश्यकता पर्छ । हिलो जमिनमा रहेका सूक्ष्मजीवहरुले मिथेन ग्यास उत्पादन गर्ने अवस्था हुन्छ । मिथेन ग्यास कार्बन डाईअक्साइडभन्दा बढी खराब हरितगृह ग्यास हो । नयाँ बाली लगाउनका लागि पराल जलाउने कामले समेत वायुमण्डलमा कार्बनडाइअक्साइड उत्सर्जन गर्न योगदान पुर्याउँछ । संसारभरका अनुसन्धाकर्ताहरुले हिलाम्मे खेत आवश्यक नपर्ने र तापमान वृद्धिमा योगदान नगर्ने धानको जात विकास गर्न लागिपरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार