स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमती र सबैभन्दा कम कर्णाली प्रदेशमा

स्थानीय तह सदस्य निर्वाचन २०७९

स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी मतदाता बागमती र सबैभन्दा कम कर्णाली प्रदेशमा
फाइल तस्बिर

काठमाडौं : स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मधेस प्रदेशमा २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा गर्ने जनसंख्या ३४ लाख १२ हजार ८६९ पुग्नेछ ।

यीमध्ये १७ लाख ४ हजार ८९८ पुरुष र १७ लाख ७ हजार ९४२ महिला छन् । त्यस्तै, बागमती प्रदेशमा २९ अन्य लिङ्गका मतदाता छन् । बागमती प्रदेशमा १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र रहनेछन् ।यो निर्वाचनमा सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ मतदाता रहेका छन् ।

यीमध्ये ५ लाख ६ हजार १८० पुरुष, ४ लाख ९५ हजार ९९ महिला र ३ जना अन्य रहेका छन् । कर्णालीमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र रहने छन् । स्थानीय निर्वाचनमा यसपटक सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा रहनेछन् । आयोगका अनुसार स्थानीय निर्वाचनमा यसपटक मधेसमा २ हजार १६३ मतदान स्थल र ४ हजार १८९ मतदान केन्द्र रहनेछन् ।

सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार