सुदूरका ८८ वटै पालिकामा नेकपा एकीकृत समाजवादी एक्लै चुनावमा होमीदै

एकीकृत समाजवादीले मन्त्री बन्न तीन मापदण्ड तोक्यो

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको रुपमा देखीएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) ले प्रदेशका सबै पालिकामा उम्मेद्वारी दिने भएको छ । नेकपा एसले सुदूरपश्चिमका ८८ वटै पालिकाका वडा सदस्य देखि प्रमुख, उप-प्रमुखहरुमा उम्मेदवाारी दिने तयारी गरेको हो ।

नेकपा (एस)ले पार्टीमा त्यसका लागि तल्ला कमिटीहरुलाई आन्तरीक सर्कुलर समेत गरेको छ । पार्टी संगठनको जनता माझ जबरजस्त उपस्थिती देखाउन सबै ठाउँमा उम्मेदवारी दिन लागेको बताइएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर गठबन्धन गरेर जाने निर्णय गरेको छ । सुदूरपश्चिममा देशभरिकै राम्रो संगठन बनाएको नेकपा (एस)ले एक्लै चुनावमा होमीन लागेको हो ।

आउँदो १२ गते स्थानीय तहमा तोकिएको निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गर्ने तयारी भैरहेको छ’, एकजना प्रदेश कमीटी सदस्यले भने, ‘हाम्रो संगठन एक्लै चुनावमा जान्छ, कसैको बैशाखीमा चुनाव लड्दैनौं । हाम्रो उपस्थीति देखाउँछौ ।’

यता सत्तागठबन्धमा संलग्न कांग्रेस भने समाजवादीको निर्णयले झस्केको बताएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उप-महानगर पालिकामा कांग्रेसलाई प्रमुख र उप-प्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ ।

वडाहरुमा नेपकपा एसलाई सम्मानजनक उपस्थिती गराउने केन्द्रले निर्णय गरिसकेको अवस्थामा छुट्टै निर्णय गरेर सबै ठाउँमा उम्मेदवारी दर्ता गर्नुभनेको राजनीतिक बेइमानी हुने काँग्रेसका नेताकार्यकर्ताको प्रतिक्रिया रहेकाे छ ।  एकमात्र उप-महानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सबै दलको सातो लिइ रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार