काठमाडौं महानगरको मेयरमा बालेन शाहद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । 

काठमाडौं  : काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मेयर उम्मेदवार शाहले आइतबार राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

शाहले आइतबार बिहान आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेपछि सभागृहमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । बालेनले आफ्नो घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् ।

यसका साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्धभत्ता वितरण घर-घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ३१ वर्षीय शाह स्ट्रकचरल इन्जिनियरसमेत हुन् ।

सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरुको होम डेलिभरी गर्ने शाहको घोषणा पत्रमा उल्लेख छ ।

युवाहरूलाई उनीहरुको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने शाहले बताएका छन् । उनले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा दिने पनि उनले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार