बैतडीका ९ स्थानीय तहमा एमाले एक्लै चुनावी मैदानमा

नेकपा एमाले

बैतडी : स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले बैतडीका ९ स्थानीय तहमा एक्लै चुनावी मैदानमा उत्रेको छ । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिका र पुर्चौैंडी नगरपालिकामा एमालेले एक्लै उम्मेदवारी दर्ता गरेको छ ।

यस्तै, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा एमालेले आफ्ना उम्मेदवारको मनोनयन दर्ता गरेको छ ।

सुर्नया गाउँपालिकामा भने उसले राप्रपासंग चुनावी तालमेल गरेको छ । सुर्नया गाउँपालिकामा एमालेका अम्मरबहादुर कुँवरले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् भने राप्रपाका देवबहादुर चन्दले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार