आचार संहिताविपरीत अभिव्यक्ति दिएको भन्दै मुख्यमन्त्री भट्टलाई २४ घण्टे स्पष्टीकरण

मुख्यमन्त्री त्रिलोचन भट्ट

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आचार संहिताविपरीत अभिव्यक्ति दिएको भन्दै भट्टलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यस्तै आयोगले निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधेको छ ।

‘२०७९ साल वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका लागि जारी भएको निर्वाचन आचारसंहिता विपरीत अभिव्यक्ति दिने सुदूरपश्चिम सरकारका माननीय मुख्यमन्त्री र निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदिप पोखरेललाई चौबिस घण्टाभित्र स्पष्ट गरी पठाइदिन स्पष्टीकरण सोधेको छ’, आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार