गएराति आएको हावाहुरीले बैतडीको पुर्चौडीको लटिनाथ आधारभूत विद्यालयको छानो उडायो

गएराति आएको हावाहुरीले बैतडीको पुर्चौडीको लटिनाथ आधारभूत विद्यालयको छानो उडायो

बैतडी : गएराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका–७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभूत विद्यालयको छानो उडाएको छ । वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो ।

अहिले विद्यालय बन्द भए पनि स्कुल खुल्ने बेला बर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानिय पुरन सिंह ऐरले बताए ।

उक्त विद्यालयमा हाल कक्षा तीनसम्मको पढाइ हुन्छ भने करिब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार