मिस नेपाल २०२२ का लागी धनगढीको फ्लोरा होटेलमा प्रशिक्षण सहितको अडिसन हुने

मिस नेपाल २०२२ का लागी धनगढीको फ्लोरा होटेलमा प्रशिक्षण सहितको अडिसन हुने

धनगढी : मिस नेपाल २०२२ का लागि आवेदन खुल्ला गरिएको छ । द हिडन ट्रेजरले बिहिबार धनगढीमा  पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।

मिस नेपाल प्रतियोगितामा सहभागीले सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् । प्रतियोगितामा ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका देशभरका युवतीहरू सहभागी हुन पाउनेछन् ।

यस वर्ष ‘मिस नेपाल वर्ल्ड,’ ‘मिस नेपाल अर्थ’ र ‘मिस नेपाल इन्टरनेसनल’ गरी तीन मात्र मुख्य टाइटल रहनेछन् । मिस नेपाल २०२२ को प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्नेछ ।

यस वर्ष मिस नेपालको पेजेन्टलाई फराकिलो र देशभरबाट प्रतिनिधित्व बढाउन सातै प्रदेशमा अडिसन मिति तय गरेको अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।  जस अन्तरगत धनगढीको फ्लोरा होटलमा शुक्रबार दिउँसो ३ बजेदेखी सहधागी हुन चाहने युवतिहरुलाई प्रशिक्षण दिईने भएको छ । भने सो प्रशिक्षमा छनौट अडिसन पनि हुने भएकोले ईच्छुक युवतीहरुले अडिसन दिन पनि अध्यक्ष दिवाकर राजकर्णिकारले आग्रह गरे ।

हिडन ट्रेजरले मिस नेपाल २०२२ को फाइनल भने असार ४ मा ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गर्ने भएको छ ।

शुक्रबार देखी धनगढीमा मिस नेपाल २०२२ का लागि अडिसन हुदै (विज्ञप्ति सहित)

शुक्रबार देखी धनगढीमा मिस नेपाल २०२२ का लागि अडिसन हुदै (विज्ञप्ति सहित)

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार