आजदेखि स्थानीय चुनाव अवधिभर ७२ घण्टा भारतसँग जोडिएका सीमा नाका बन्द हुने

कैलाली-कञ्चनपुर गौरीफण्टा नाका
फाइल तस्विर

धनगढी : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन्।

भारतसँग सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द रहने जनाएका छन्।

बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, कैलाली, कञ्चनपुर, नेपालगञ्जलगायत भारतसँग जोडिएको सीमा जोडिएका जिल्लाका नाका आज रातिदेखि बन्द हुने छन्।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार