निर्वाचन आयोगले आज पनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिदै

आज पनि मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा दिइँदै

काठमाडौँ :  निर्वाचन आयोगले आज पनि मतदाता परिचयपत्र वितरण गर्नुका साथै मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै छ ।

आयोगले हिजो पनि नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको थियो । हिजो छुटेकाहरुलाई आज मतदाता परिचय पत्र वितरण गरिने र मतदातालाई मतदान गर्ने तरिका सिकाउने आयोगले जनाएको छ ।

हिजो धेरैजसो मतदाताले मतदानपत्र अलि झन्झटिलो भएको बताएका छन् । उनीहरूलाई बुझाउने काम भइरहेको मतदान अधिकृत र कर्मचारीको दाबी छ । उनीहरुले मतपत्रमा छाप हान्ने र व्यवस्थित रूपले पट्याउने काम सिकाइरहेको बताएका छन् ।

देशभरका पालिकामा जनप्रतिनिधि छान्न भोलि बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । मतदाताले एक–एक प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्नेछ । हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ ।

सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्नेछ । कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ ।

छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ । मतदानका लगि १० हजार ७ सय ५६ मतदानस्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार