डोटीको शिखरमा जिप दुर्घटना, घाइतेहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार हुँदै

डोटीको शिखरमा जिप दुर्घटना

डोटी : डोटीको शिखर नगरपालिका-४ गरूडीमा ना १ ज ३१५२ को जिप दुर्घटना हुँदा कम्तीमा १० जना घाइते भएका छन्। शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका-५ तिजालीतर्फ जान लागेको जिप दुर्घटना भएको हो।

बिहीबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। जिप सडकबाट १५ मिटर तल खसेको छ।

जिपमा क्षमताभन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताइएको छ। जिपमा करिब ३० जना यात्रु रहेका जनाइएको छ। यात्रु जिपको छतमा समेत कसेका बसेका थिए। घाइतेहरूको सङ्ख्या अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई दिपायलस्थित शैलेश्वरी अस्पतालमा लगिएको बताइएको छ। अधिकांश यात्रुहरू शुक्रवार हुने स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न जिल्ला बाहिरबाट आएका थिए। घाइते यात्रुहरू अधिकांश शिखर नगरपालिका-५ तिजालीका रहेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार