कैलालीमा मतदान सम्पन्न, जिल्लाभर ६५ प्रतिशत मत खस्यो

कैलालीमा मतदान सम्पन्न, जिल्लाभर ६५ प्रतिशत मत खस्यो

धनगढी : स्थानीय तहको निर्वाचनमा कैलालीमा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका ६ सय १९ मतदान केन्द्रबाट भएको मतदानमा ६५ प्रतिशत अर्थात् ३ लाख ४१ हजार बढी मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

अहिले मतदान केन्द्रबाट मतगणना स्थलमा मतपेटिका पु¥याउने काम जारी रहेको प्रदेश निर्वाचन कार्यालयका कार्यालय प्रमुख प्रेम भट्टले बताए। मतपेटिका संकलन भएपछि यकिन तथ्यांक अझै थाहा हुने उनले बताए। जिल्लाका १३ स्थानीय तहमा ५ लाख २५ हजार १ सय २५ मतदाता रहेका थिए।

आज जिल्लाको १३ वटै पालिकामा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको हो । निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ६५ प्रतिशत मत खसेको छ । प्रमुख निर्वाचन अधिकृत ९५ हजार १५१ मतदाता रहेको धनगढीमा ६५ प्रतिशत मत हो ।

मतगणनाको कार्य शनिबारबाट सुरु हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कैलारी गाउँपालिकामा ७८.१२ प्रतिशत मत खसेको छ । जम्मा ३६ हजार ७३५ मतदाता रहेको यो पालिकामा २८ हजार ६९७ भोट खसेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए । यसैगरी, बर्दगोरिया गाउँपालिकामा ६७.३९ प्रतिशत मत खसेको छ । जम्मा मतदाता सङ्ख्या २२ हजार १८१ रहेकोमा १४ हजार ९४३ मत खसेको निर्वाचन अधिकृत बद्रीबहादुर पाठकले जानकारी दिए ।

यस्तै, चुरे गाउँपालिकामा ६६ प्रतिशत मत खसेको छ । जम्मा मतदाता ११ हजार ९२३ रहेकोमा सात हजार ८७३ मत खसेको निर्वाचन अधिकृत राइभान कुञ्जेडाले जानकारी दिए । गौरीगङ्गा नगरपालिकामा २६ हजार ८७६ मत खसेको छ । सो पालिकामा मतदाता सङ्ख्या ३९ हजार ५० रहेको छ ।

लम्कीचुहा नगरपालिकामा ६५ देखि ७० प्रतिशत, जानकी गाउँपालिकामा ६० देखि ६५ प्रतिशत, जोशीपुरमा ७० देखि ७५ प्रतिशत मत खसेको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । त्यस्तै, गोदावरी नगरपालिकामा जम्मा ५५ हजार ५९२ मतदाता रहेकोमा करिब ३४ हजारको हाराहारीमा मत खसेको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिए ।

कैलालीमा १३ वटा पालिका रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार