सुदूरपश्चिमको एकमात्र उप-महानगरपालिका धनगढीको मतगणना सुरु (भिडियो)

सुदूरपश्चिमको एकमात्र उप-महानगरपालिका धनगढीको मतगणना सुरु

धनगढी : सुदूरपश्चिमको एकमात्र उप-महानगरपालिका धनगढीको मतगणना सुरु भएको छ। सर्वदलीय बैठकपछि मतगणना शनिबार साढे १२  बजेदेखि सुरु भएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको छ।

धनगढी उपमहानगरको नयाँ भवनमा मतगणना भइरहेको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको उम्मेदवारी छ। सत्तारुढ गठबन्धनका नृपबहादुर वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ।

शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। धनगढीमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार