SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि, कुन उम्मेदवारले कति मत पाए ?

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल दोब्बर मतले अगाडि, कुन उम्मेदवारले कति मत पाए ?

धनगढी : कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी छ। हाल सम्म ३५ हजार ८ सय ९४ मतगणना भएको छ।

जसमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६ हजार ४ सय १५ मत पाएका छन्। भने नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ८ हजार १ सय २३ र नेकपा एमालेका रणबहादुर चन्दले ३ हजार ७ सय ७४ मत पाएका छन्।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ७ हजार ४ सय ५७ मत पाउँदा। एमालेकी कन्दकला रानाले ६ हजार ६ सय १७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन्।

त्यस्तै राप्रपाका उम्मेदवारले २ हजार ४ सय ५९ मत पाएका छन्। हमाल र वडबीच ८ हजार २ सय ९२ मतको अन्तर रहेको छ ।

हेर्नुहोस् कुन् उम्मेदवारले हालसम्म कति मत पाए ?

कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार