बझाङको बित्थडचिरका विपन्न परिवारलाई बीउ पुजी स्वरूप आर्थिक सहयोग

बित्थडचिरका विपन्न परिवारलाई बीउ पुजी स्वरूप आर्थिक सहयोग

बझाङ : बझाङको बित्थडचिर गाउँपालिकाका विपन्न परिवारलाई बीउ पुजी स्वरुप आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । पारिवारीक आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनमा समस्यामा रहेका परिवारलाई युनिसेफ नेपालको सहकार्यमा बागेश्वरी असल शासन क्लब (बास)ले उक्त सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका बित्थडचिर गाउँपालिका-५ ओसैलकी लिलादेवी महरलाई बाख्रापालनको लागि नगद ५ हजार सहयोग गरिएको छ ।

लामो समयदेखी श्रीमान पुर्ण अपांग रहेकी महरका तीनजना छोराछोरी छन । पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेका उनलाई बाख्रा खरिदका लागि बीउ पुजीस्वरुप आर्थिक सहयोग गरिएको बास नेपालकि मनोसाजिक बिमर्शकर्ता सरस्वती बोहराले जानकारी दिइन् ।

यस्तो बित्थडचिर गाउँपालिका-२ लिमका राजेन्द्र कामीलाई कुखुरा पालनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । शारीरिक रुपमा पुर्ण अपांग रहेका राजेन्द्रका दुई छोरी छन । छोरीहरूलाई विद्यालय पठाउन नसक्ने अवस्था रहेका राजेन्द्रलाई पनि बिउ पुजी स्वरुप कुखुरा पालन सुरुवातको लागि आर्थिक सहयोग गरेको बोहराले बताइन् ।

बित्थडचिरका आर्थिक रुपले विपन्न, एकल महिला तथा पुर्ण अपांग थप तीन जनालाई आर्थिक सहयोग गरिने उनले जानकारी दिइन् । आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अमर महर, उपाध्यक्ष धनलक्ष्मी मल्ल, वडा नम्बर २ का वडाध्यक्ष मानबहादुर बोहरा र वडा नम्बर ५ का वडाध्यक्ष अनिल महरको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार