खाद्य ऐन प्रतिकुल ३२ नमुनाहरू कारबाहीको प्रक्रियामा, १४ वटा मुद्दा दायर

खाद्य ऐन प्रतिकुल ३२ नमुनाहरू कारबाहीको प्रक्रियामा, १४ वटा मुद्दा दायर

धनगढी : कैलालीमा खाद्य तथा दाना ऐन अनुरुप कारवाहीमा संकलित गरिएका नमुना मध्ये प्रतिकुल पाइएका ३२ नमुनाहरुको कारवाही प्रक्रिया अघि बढाइएको छ।

खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले खाद्य स्वच्छता दिवसको अवसरमा आयोजीत सरोकारबाला निकायहरुबिच छलफल तथा तथा शुभकामना मन्तव्य कार्यक्रममा उक्त जानकारी दिइएको हो । आर्थिक वर्ष २०७८/०७९ को ९ महिनाको अवधिमा खाद्य ऐन प्रतिकूल कार्य गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यलयमा १४ वटा मुद्धा दायर गरीएको छ ।

खाद्य ऐन प्रतिकूल कार्य नगर्न ब्यावसायीलाई पटक पटकसम्म आग्रह गरिएपनी बेवास्ता गरिएकाले जिल्ला प्रशासन कार्यलयमा मुद्धा दायर गरिएको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले जानकारी दिएका छन् । कैलालीका विभिन्न ठाउँमा सञ्चालित खाद्य उद्योग तथा प्रोडक्ट्स हाउसहरुमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएको छ ।

धनगढीमा सञ्चालित वाउ मःम उद्योग धनगढी, फाष्ट फुड उद्योग धनगढी, थापा चाउमिन उद्योग धनगढीमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएको हो ।यस्तै हरि बेकरी उद्योग, रोहित पाउरोटी उद्योग कैलारी, गोलादेउ फुड प्रोडक्ट्स गोदावरी, पाण्डेय फुड प्रोडक्ट्स गोदावरी, विशाल पाउरोटी, सदिक्षा फुड प्रोडक्ट्स लम्की विरुद्ध मुद्धा दायर भएको हो ।उद्योगबाट उत्पादन गर्ने मःम, क्रिम विस्कुट, खस्ता, चाउमिन, पाउरोटी, चाउमिन लगायत खाद्य बस्तुमा लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर पाइएकोले मुद्धा दायर भएको कार्यालय प्रमुख नवराज दाहालले बताए । यसैबिच खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले साप्ताहव्यापी कार्यक्रम गरि खाद्य स्वच्छता दिवस मनाएको छ। चौधौ राष्ट्रिय खाद्य स्वच्छता दिवस २०७९ तथा चौथो खाद्य स्वच्छता दिवस २०२२ (जुन १ देखि ७) सम्ममा पहिलो दिन कार्यालय परिसर सरसफाई र खाद्य स्वच्छता तथा पोषण सम्बन्धि ब्यानर टाँस, दोस्रोदिन कैलाली जिल्लामा रहेका दाना उद्योगहरुको अनुगमन,स्वच्छता सुधार तथा ऐन अनुसार निर्देशन दिइएको छ ।

यस्तै तेस्रो दिन धनगढी उपमहानगरपालीका, जिल्ला प्रहरी कार्यालय परिसरमा फ्लेक्स ब्यानर राखिएको र धनगढीका होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरी स्वच्छता राख्न निर्देशन दिइएको छ । चौथोदिन गर्मीयाममा हुनसक्ने फुड पोइजनबाट बच्न उपभोक्तालाई सावधानीबारे प्रचार प्रसार, पाँचौदिन उपभोक्ताहरुले खाद्य पदार्थ खरिद गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रचारप्रसार,छैटौँदिन होटल रेष्टुरेण्ट तथा स्टीट फुडमा खानेकुरा खाँदा अपनाउनुपर्ने सावधानी बारे प्रचार प्रसार सुदुरपश्चिममा स्वास्थ्य क्षेत्रमा कार्यरत अफिसहरुलाई खाद्य स्वच्छता र पोषण सम्बन्धि जानकारी र आज सातौँदिन सरोकारबाला निकायहरुबिच खाद्य स्वच्छता दिवसको अवसरमा छलफल तथा शुभकामना मन्तव्य आदानप्रदान गरी मनाइएको हो ।

साथै कार्यालयले आज मंगलबार सरोकारवाला निकायबिच कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी सरोकारवाला निकायका पदाधिकारीहरुले खाद्य स्वच्छतामा विशेष जोड दिएका थिए । कार्यक्रममा खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहाल, प्रदेश निती तथा योजना आयोगका ज्ञानेन्द्र दवाडी,उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपती ढुङ्गेल, उपभोक्ता हित संरक्षण मन्च सुदुरपश्चिम प्रदेशका सचिब भोजराज जोशी,खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड कैलालीका कार्यालय प्रमुख एन्जीला बस्नेत, साल्टट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालयका प्रमुख केशव प्रसाद पाण्डेय,होटल ब्यवसायी सँघ कञ्चनपुर अध्यक्ष जगदिश चन्द्र भट्ट, होटल ब्यवसायीसंघ धनगढी सचिब उबेश चन्द्र, होटल ब्यवसायी संघ गोदवरी अध्यक्ष धना चोखाल, बिश्व खाद्य कार्यक्रम सुदुरपश्चिम प्रदेश प्रमुख विन्दु चन्द लगायतले मन्त्व्य ब्यक्त राखेका थिए । साथै उनीहरुले बजार अनुगमन तथा खाद्य सुरक्षामा उपभोक्ताले विशेष ध्यान दिनु पर्ने औल्याएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार