दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जनप्रतिनिधिलाई बुझाए ज्ञापन पत्र

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जनप्रतिनिधिलाई बुझाए ज्ञापन पत्र
दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जनप्रतिनिधिलाई बुझाए ज्ञापन पत्र

धनगढी: दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले बैतडीका दस वटै स्थानीय तहका प्रमुख तथा उप प्रमुखलाइ बधाई तथा शुभकामना दिदै ज्ञापनपत्र बुझाएका छन । दस वटै स्थानीय तहाका प्रमुख र उप प्रमुखलाई बिहिबार धनगढीको रुबस होटलमा संयुक्त भेला गरि आफ्ना माग सहितको ज्ञापनपत्र बुझएका हुन ।

बिहिवार बिहान सबै जनप्रतिनिधिसंग अन्तक्रिया कार्यक्रम गरि आफ्ना माग र उदेश्यसहितको ज्ञापनपत्र बुझाएको दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीका अध्यक्ष चेतनविक्रम चन्दले बतए । पुर्खेउली घर बैतडी भएका र कैलालीमा बसेर अध्ययन गर्दै आएका विद्यार्थीहरुले बैतडीमा शिक्षाको स्तर कसरी सुधार्न सकिन्छ, कला, भाषा, सांकृतिलाई संरक्षण गरि बैतडी जिल्ला बाहिर कसरी पहिचानमा ल्याउन सकिन्छ भन्ने विषयमा आफ्ना जनप्रतिनिधिसंग अन्तरक्रिया कार्यक्रम गरि ज्ञापनपत्र बुझाएका हुन ।

पछिल्लो समय खस्किदै गएको शैक्षिक गुणस्तरलाई सुधार गरी बैतडी भाषी बिद्यार्थीको चौतर्फी ब्यक्तितब बिकासका लागि आबस्यक विभिन्न शैक्षिक, प्राविधिक, मनोरञ्जनात्मक, खेलकुद र अन्य ब्यक्तित्व बिकासका कार्यक्रम संचालन गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। आर्थिक अभाव र विभिन्न कारणले कक्षा १० पछि घट्दै गएको बिद्यार्थीको संख्यामा बृद्धी गर्ने, अध्ययनको शिलसिलामा कैलालीमा बस्दै आएका विद्यार्थीले भोग्नु परेको आकस्मिक र अत्यावश्यक समस्याको समाधनका लागि पहल गर्नु पर्ने र बैतडी जिल्लाको स्थानीय भाषा, कला र सांस्कृतिको संरक्षण गरि अन्य जिल्लाहरुमा पहिचान गराउन विभिन्न किसिमका धार्मिक तथा सांस्कृतिक कार्यक्रम संचालन गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

उपचारको लागि बैतडीबाट कैलाली लगाएतका जिल्लामा आउने बिरामीले भोग्नु पर्ने समस्या र समाजमा बढी रहेका हिंसात्मक घटना न्यूनीकरणकालागी सचेतना मुलक कार्यक्रम संचालन गर्नु पर्ने सबै स्थानीय तहलाई बिकृती बिसंगति मुक्त पालिका बनाउन सबैले पहल गर्नु पर्ने मागसहित ज्ञापनपत्र बुझाएको अध्यक्ष चन्दले बताए । ज्ञापनपत्रमा उल्लेख गरिएका सबै माग र समस्याको सम्बोधन गर्न १० वटै स्थानिय तहका प्रमुख तथा उप प्रमुख सकारात्मक रहेको उनले बताए । बैतडी जिल्लाका अन्य समस्याको बिषयमा पनि छलफल र अध्ययन गरि जनप्रतिनिधीसंग सहकार्य गरि अघाडी बढ्ने चन्दले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार