जिल्ला ट्राफिक र स्वास्थ्य कार्यालय कैलालीद्वारा धनगढीमा चालक तथा सह चालकहरूलाई अभिमुखीकरण

धनगढीमा सडक दुर्घटना सम्बन्धी चालक तथा सह चालकहरूलाई अभिमुखीकरण गरिएको छ ।

धनगढी : धनगढीमा सडक दुर्घटना सम्बन्धी चालक तथा सह चालकहरूलाई अभिमुखीकरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनगढी कैलालीको आयोजना र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा विभिन्न प्रा.लि.का चालक सह-चालक, विभिन्न विद्यालयका चालक सह-चालक, ट्याङ्कर, ट्रकका चालक सह-चालकहरू लाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालक तथा सह-चालकको भूमिका, काम कर्तव्य, असल चालकका गुण तथा सवारी दुर्घटना न्यूनीकरणमा चालक तथा सह-चालको भूमिका बारे अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनगढी कैलालीका कार्यालय प्रमुख लाल बहादुर धामीको अध्यक्षता र जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख वकिल बहादुर सिंहको उपस्थितिमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार