गेटा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा धामी

गेटा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा धामी

धनगढी : गेटा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा लोकेन्द्र धामी चयन भएका छन् । समितिको दोस्रो साधारण सभाबाट धामी अध्यक्ष पदमा विजयी भएका हुन् ।

अध्यक्षमा विजयी भए सँगै धामीले सम्पूर्ण न्याय प्रेमी, बुद्धिजीवी, वडावासी उपभोक्ताहरूमा आभार प्रकट गर्दै विजयी सम्पूर्ण टिमलाई बधाई व्यक्त गरेका छन् । भने पूर्ण बफादारीताका साथ पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष धामी रहेको समितिमा उपाध्यक्ष भानदेव पनेरु, सचिव ईगेश विष्ट, कोषाध्यक्ष रामवति राना, सह-सचिव लोकराज पन्त चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा मान बहादुर ऐरी, सुर्मा देवी रोकाया, रमेश पाल र दिपा वि.क चयन भएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार