दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको १० दिने निःशुल्क उद्घोषण तालिम सम्पन्न

दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीको १० दिने निःशुल्क उद्घोषण तालिम सम्पन्न

धनगढी : दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले १० दिने निशुल्क उद्घोषण तालिम सम्पन्न भएको छ । असार १८ गते ९शनिबार० एक कार्यक्रमका बिच सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दै कार्यक्रम समापन गरेको हो ।

कार्यक्रममा करिब ५० जना भन्दा बढी सहभागिता रहेको थियो ।दशरथचन्द बैतडी विद्यार्थी समाज कैलाली समुहले धनगढीमा विभिन्न कार्य गर्दै आएको छ । उक्त समुहले असार ५ देखि १५ गते सम्म निशुल्क उद्य्घोषण तालिम दिएको थियो ।

यसरी उद्घोषण तालिममा सहभागि हुन पाँउदा सहभागिहरुले खुसी व्यक्त गरेका छन् । यो १० दिने तालिममा आफ्नो व्याक्तित्व बिकासमा टेवा पुगेको सहभागि को भनाई रहेको छ ।

दशरथचन्द बैतडी समाज कैलालीका अध्यक्ष चेतन बिक्रम चन्दले १० दिने उद्घोषण तालिममा करिब ५० जना परिक्षार्थीको सहभागिता रहेको बताउनुभयो । उद्घोषण तालिमका प्रशिक्षक प्रेम विवस चन्द रहनुभएको थियो । १० दिने तालिमपछि उहाँहरुको व्यक्तित्व विकास सँगसँगै बोल्न सक्ने क्षमताको पनि विकास हुने आयोजकको भनाई रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार