बैतडी पुर्ख्यौली घर भएका कञ्चनपुरका एक युवक ७ दिन देखी भारतको हुब्लि ट्रेन स्टेसनबाट बेपत्ता 

बैतडी पुर्ख्यौली घर भएका कञ्चनपुरका एक युवक ७ दिन देखी भारतको हुब्लि ट्रेन स्टेसनबाट बेपत्ता 
धनगढी : बैतडीको सुर्नया गाउँपालिका वार्ड नं ७ पत्थरकोट रौतगाउ पुर्ख्यौली घर भएका हाल कञ्चनपुर बस्दै आएका ३४ वर्षीय युवक सात दिन देखी भारतको हुब्लि ट्रेन स्टेसनबाट अलपत्र परेका छन् । हाल कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ शान्तिपुर बस्दै आएका युवक ईश्वर कुँवर अलपत्र परेका हुन् ।
कुँवर बिर बहादुर कुँवरका छोरा हुन् । उनी लगभग सात दिन अगाडि कञ्चनपुरबाट बेङ्लोर जाने क्रममा दिल्ली बाट ट्रेनमा गई हुब्लि ट्रेन स्टेसन मा ट्रेन रोकिँदा झरेका थिए । तर उनी त्यही ट्रेनमा बसेर बंलोरु जानु पर्ने थियो । यद्धपी उनी अल्मलीएर फेरी उही ट्रेनमा चढ्न असफल भए ।
कुँवर पहिलो पटक रोजगारीको लागी भारतको करनाटक राज्य अन्तरगतको बंलोरुका लागी निस्किएका थिए । उनी अलमलमा परेको थाहा पाए पछि  हुब्लिका स्थानीयहरूले फेरी बंलोरुका लागी ट्रेनमा बसाली पठाएको खबर समेत गरेको भए पनि तर उनी भने सम्बन्धित आफन्त र स्थानमा भने पुगेका छैनन्।
कुँवरको दाहिने हातमा चोट लागेर पट्टी लगाएको, शरीरको अन्य भागमा पनि चोटपटक लागेको हुन सक्ने र  खर्च समेत नभएको आफन्त जय ब. कुँवरले बताएका छन् ।
सात दिन सम्म समेत गन्तव्य स्थान बेङ्लोर नपुगेको र सम्पर्कमा समेत नआएको कारण उनको घरपरिवार र आफन्तजनहरू साह्रै चिन्तित भएको हुँदा खोजी कार्यमा सबैलाई सहयोगका लागि समेत अपिल गरेका छन् ।
कोही कसैको सम्पर्कमा आएमा पाउनुहुने महानुभावहरूले निम्न नम्बरहरूमा फोन गरी सहयोग गरी दिन हुन पनि कुँवरका आफन्तले आग्रह गरेका छन् ।
सम्पर्कका लागी भारतीय नम्बर 7996221739, 8095458360, 8123687794 मा र नेपालका लागी +977- 9868896150, +977-9813189051
बैतडी पुर्ख्यौली घर भएका कञ्चनपुरका एक युवक ७ दिन देखी भारतको हुब्लि ट्रेन स्टेसनबाट बेपत्ता 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार