बैतडीको पुर्चौडीमा सञ्चालन हुने १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

प्रकाशित : :

पुर्चौडी: बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर १ मा रहेको विशालपार्क खेलमैदानमा बैशाख ३ गते (भोली) बाट बैशाख ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने जिल्ला खेलकुद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले बताउनुभयो ।

रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी रहनुहुने छ ।

रनिङ शिल्ड उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पाल, प्रदेससभा सदस्य जानकी ऐर बमलगायत जिल्लाका पालिका प्रमुखहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाका १० वटै स्थानीयका टिम तथा खेलाडीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । रनिङ शिल्डको लागि खेल मैदान तयार लगायतका आवश्यक तयारी पुरा भएको उहाँले बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह–आयोजनामा सञ्चालन हुने जिल्ला स्तरीय प्रतियोगितामा ४ विधामा खेल सञ्चालन हुने छ ।

प्रतियोगितामा छात्र छात्रा भलिबल तथा कबड्डी, छात्र छात्रा एथ्लेटिक्स र मार्सल आर्टमा करातेका खेलहरु सञ्चालन हुने छन भने भोली बिहान ६ बजे देखि खेलहरु सञ्चालन गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट