धनगढी, २८ भदौ। बेलायती मोटरसाइकल ब्रान्ड ट्रायम्फले धनगढीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। धनगढीको चटकपुरमा स्थापना गरिएको शोरुमको आइतबार औपचारिक उद्घाटन गरिएको हो।
कम्पनीका अनुसार धनगढीस्थित शोरुमको आधिकारिक डिलर दीपेश अटो हब प्राइभेट लिमिटेड रहेको छ। नयाँ शोरुममार्फत सुदूरपश्चिमका ग्राहकलाई ट्रायम्फका मोटरसाइकल बिक्रीसँगै बिक्रीपछिको सेवा र स्पेयर पार्ट्स उपलब्ध गराइने जनाइएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, मोटरसाइकल प्रयोगकर्ता तथा बाइकसम्बन्धी समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ।
दीपेश अटो हब प्राइभेट लिमिटेडका दीपेश ओझाले धनगढीमा ट्रायम्फको शोरुम स्थापना हुनु सुदूरपश्चिमका ग्राहकका लागि सेवा विस्तारको अवसर भएको बताए। उनले बिक्री, सेवा तथा ग्राहक अनुभवलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले काठमाडौं बाहिरका बजारमा पनि कम्पनीको पहुँच विस्तार गर्ने योजनाअनुसार धनगढीमा शोरुम सञ्चालनमा ल्याइएको बताए। धनगढी तथा आसपासका मोटरसाइकल प्रयोगकर्तासँग कम्पनीको पहुँच बढाउन नयाँ शोरुमले सहयोग गर्ने उनको भनाइ छ।
कम्पनीका अनुसार धनगढीको शोरुममा प्रशिक्षित जनशक्ति र मोटरसाइकल बिक्री, सर्भिस तथा स्पेयर पार्ट्ससहितको थ्री-एस सुविधा उपलब्ध हुनेछ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका ट्रायम्फ मोटरसाइकल प्रयोगकर्ताले बिक्रीपछिको सेवा तथा कम्पनीका आधिकारिक स्पेयर पार्ट्स स्थानीयस्तरमै प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।





