सोधपत्र बारे !

सोधपत्र: समाचार सम्प्रेषणको कार्य सहज छ तर समाचारमा सन्तुलन कठिन कार्य हो । सामाग्री चयन गर्न जतिनै सजिलो भएपनि धरातल र गहिराई केलाउन निकै जटिल हुनेगर्दछ । भन्ने गरिन्छ, जहाँ हतियार निष्क्रिय हुन्छ त्यहाँ कलम सक्रिय बन्छ । सोझो अर्थमा पत्रकारीता त्यो मुलधारको गन्तव्य हो जहाँ उद्धेश्य र लक्ष्य केवल एउटै हुने गर्दछ, ‘सत्य, तथ्य र निश्पक्ष ।’ त्यही सँगै सोधपत्र डटकम भित्र पाउनु हुनेछ ‘भूत, भविष्य र वर्तमान’ एकै ठाउँमा ।

हजारौँको भिडबाट समेटिएका खबर र तिनै खबरभित्र लुकेका पाटाहरुलाई केलाउने, प्रष्ट्याउने र निचोडको मुखमा पुर्याउने एउटै मान्यताका साथ समग्र विषयवस्तुमा खबरदारी गर्ने एउटै द्येय, परिवर्तनको मुलमन्त्र र सत्यको पक्षमा अडिक रहने हेतु लिएर फेरी पनि एकचोटी जुर्मुराउने प्रयत्नमा छौँ ।

हामी त्यो आँखाले हेर्नेछौँ जुन कुरा एकाद्य समुह वा सम्प्रदायको आँखाबाट नजरबिहिन बन्ने गर्दछ । हामी ति विषयवस्तुलाई उठाउनेछौँ जुन पृथक प्रयासका बाबजुत पनि ढलिरहेकै छन् । हामी ति आवाजलाई खोज्नेछौँ जुन आवाज शोषण र दमनमै पिल्सिएका छन् । हो, हामी जनताको आवाजप्रति न्याय गर्ने दौडमा निस्किएका छौँ जहाँ दौडने भन्दा बढी पछार्ने भेटिन्छन् ।

त्यो लामको अग्रपंक्तिमा उभिनु छैन जुन अग्रपंक्तिमा केवल चाहनाले उभिने गरिन्छ । त्यो लोकप्रियता कमाउनु छैन जुन निकै सस्तो हुनेगर्दछ । त्यो दौडमा दौडिनु छैन हामीलाई जुन दौडमा कुनै लक्ष्य हुँदैन । कसैको भित्तामा टाँसिनु पनि छैन हामीलाई जुन भित्ता सजाउनका लागि मात्रै काम लाग्छन् । हो, हामी केवल सत्य, निश्पक्ष र सन्तुलनमा विश्वास गछौँ । भूतको यथार्थ लाई बोकेर, केलाएर अझै वर्तमान लाई सबल र भविष्य सुनौलो, सक्षम बनाउने यात्रामा गति लिईरहेने छौँ ।

यिनै दृढ सोच र मान्यताका साथ तपाईहरुको माझमा सोधपत्र अनलाईन डिजिटल पत्रिकाको माध्यबाट आएका छौँ । उक्त कदम चाल्नका लागि साथ दिनुहुने सम्पुर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । आगामी दिनमा हामीसँग जोडिनुहुने सम्पुर्ण पाठक, दर्शक तथा शुभचिन्तकप्रति आभारी रहनेछौँ । यहाँहरुको जुन माया, साथ र सहयोग हाम्रा सुरुवाती पाईलामा प्राप्त भएका छन् जिवन्त रहिरहने कुरामा अपेक्षा गरेका छौँ । सोधपत्र मिडिया नेटवर्क प्रा.लि./ संञ्चालक