लामो समयदेखि तरलता अभाव (लगानीयोग्य रकम) झेलेका बैङ्कलाई अहिले धेरै तरलता भएर लगानी कहाँ गर्ने भन्ने टाउको दुखाइको विषय बनेको छ । अघिपछि बजारमा लगानी योग्य रकम कम हुँदा प्रवाह गर्ने र बढी हुँदा प्रशोचन गर्ने राष्ट्र बैङ्क अहिले बैङ्कमा थुप्रिएको पैसा नतान्ने पक्षमा छ । कारण बैङ्कहरुलाई लगानी प्रवाहमा बाध्य बनाइनको लागि हो । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टका अनुसार नियामकले अहिले बैङ्कको पैसा नतान्नुको कारण कर्जा प्रवाहमा बाध्य बनाउन हो । उनी भन्छन, ‘अहिले हामी बैङ्कको पैसा तान्ने पक्षमा छैनौ, जसरी हुन्छ उनीहरुको लगानी विस्तारमा बाध्य बनाउने हो ।’
बैङ्किङ सिस्टममा अहिले १ खर्ब ३७ अर्ब (मङ्गलबारसम्म) तरलता छ । भट्टका अनुसार सरकारको खर्च पछिल्लो समय बढेको छ । आयात धेरै भएको छैन । रेमिट्यान्सको अवस्था सामान्य छ जसका कारण बैङ्कहरुमा तरलता थुप्रियो । राष्ट्र बैङ्क बजारलाई सकेसम्म कर्जा उपलब्धतामा सहज बनाउने पक्षमा छ ।

यता बैङ्करहरु कर्जाको माग नै नआएपछि कहाँ लगानी गर्ने भन्ने अनयौलमा छन् । लकडाउनका कारण लगानी गर्ने ठाउँको सुनिश्चितता नहुँदा कर्जाको माग समेत भएको छैन । बैङ्कमा निक्षेप बढेको बढ्यै छ तर कर्जाको माग छैन । बैङ्कर्स संघको तथ्याङ्कअनुसार पछिल्ला तीन सातामा ५७ अर्ब निक्षेप थपिएको छ तर कर्जा प्रबाह भने घटेको छ ।
कुनै बेला कर्जाको माग आउँदासमेत ठुलो रकमको कर्जा उपलब्ध गराउँन नसक्ने भन्दै ग्राहक फर्काउँने बैङ्कहरुलाई अहिले पैसा ठाउँ खोजिरहेका छन् । एक बैङ्कर भन्छन्, ‘कुनै बेला हामीसँग लगानी गर्ने पैसा हुन्थेन त्यतिबेला कर्जाको माग आउँथ्यो दिन सकेन भने बैङ्कहरु कर्जा दिनै नसक्ने अवस्थामा पुगे भनेर आलोचना हुन्थ्यो तर अहिले पैसा छ कर्जाको माग छैन । जहाँ पायो त्यहाँ लगानी गरेर पनि भएन ।’
विगत ३÷४ वर्षसम्म दबाबमा भएको तरलता अहिले सहज अवस्थामा छ तर यसलाई सो बेलादेखि अहिलेसम्मकै बढी भन्न नमिल्ने भट्टको भनाइ छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षाबाट राष्ट्र बैङ्कले ४ प्रतिशतको सीआरआर घटाएर ३ प्रतिशतमा झारेपछि यो व्यवस्थाले बैङ्कमा तरलता बढाउन भूमिका खेलेको छ । अर्कोतर्फ लकडाउनले लगानीकर्ताले लगानी गर्ने ठाउँको पहिचान गर्न सकेका छैनन ।
राष्ट्र बैङ्कले तरलता तान्छ भन्नेमा विश्वास छ : अध्यक्ष, बकर्ससंघ
अहिले बैङ्कमा कर्जा नै माग नआएपछि कहाँ लगानी गर्ने दोधारमा रहेका बैङ्कबाट तरलता राष्ट्र बैङ्कले प्रशोचन गर्छ भन्ने विश्वासमा बैकर्स संघ छ । बैङ्कर्स संघका अध्यक्ष तथा सानिमा बैङ्कका सिइओसमेत रहेका भुवन दाहाल ढिलो चाडो राष्ट्र बैङ्कले तरलता प्रशोचन गर्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘हामी लगानी गर्नै बसेका हौँ, तर अवसर आउनुपर्यो । लगानीको अवसर आउने वित्तिकै कर्जा लगानी गर्छौँ । त्यतिन्जेलसम्म राष्ट्र बैङ्कले प्रशोचन गर्नुपर्छ ।’
असार लागेसँगै आंशिक लकडाउनले व्यापार व्यवसाय सञ्चालन हुन थालेका छन् । अहिले ऋणीहरु पनि चैतदेखिको ऋण तिरिरहेका छन् । यसकारण पनि नयाँ कर्जा माग गर्न सक्ने अवस्थामा छैनन् । तर अधिक तरलताको व्यवस्थापन राष्ट्र बैङ्कले गर्नुपर्ने दाहालको भनाइ छ ।
अहिलेसम्म बैङ्करहरूले नयाँ क्षेत्रमा ऋण जाने खासै सम्भावना देखेका छैनन । अहिले ऋणमै व्यापार गर्ने व्यवसायीलाई ५ देखि १० प्रतिशत कार्यशील पुँजी (वर्किङ क्यापिटल) आवश्यक पर्ला भन्ने अनुमान बैङ्करको छ । राष्ट्र बैङ्कले पनि कार्यशील पुँजी आवश्यक पर्ने उद्योगधन्दालाई छिटो गतिमा थप ऋण दिन निर्देशन दिइसकेको छ ।
नियमअनुसार बैङ्कहरूको कुल निक्षेपको २० प्रतिशत रकम अनिवार्य तरलता कायम गर्नुपर्ने हुन्छ । तर अहिले बैङ्कसँग तोकिएकाभन्दा बढी तरलता थुप्रिएको छ । तरलता धेरै भएपछि बैङ्क तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याज घटाउन थालेका छन् ।
रातोपाटी अनलाईनले खवर लेखेको छ ।