धनगढी उप-महानगरपालिकाद्वारा मोटरसाइकल दमकल सेवा प्रारम्भ [VIDEO]

धनगढी उप-महानगरपालिकाद्वारा मोटरसाइकल दमकल सेवा प्रारम्भ

धनगढी: कैलालीको धनगढी उप-महानगरपालिकाले मोटरसाइकल दमकल (फायर बाइक) को सेवा प्रारम्भ गरेको छ। उपमहानगरपालिकाले आगलागी नियन्त्रण गर्न दुई वटा फायर बाइक किनेर सेवा प्रारम्भ गरेको हो।

आगलागी भएको बेला साँघुरो सडकमा दमकल नछिर्ने स्थानका लागि र आगलागी भएको स्थानमा छिटो पुगेर आगलागी निभाउने कार्य गर्न फायर बाइकको सेवा प्रारम्भ गरिएको नगरप्रमुख गोपाल हमालले बताए।

‘धनगढी उपमहानगरपालिकाले दुई वटा फायर बाइक ल्याएको छ। आगलागी भएको खबर पाउनेबित्तिकै यो बाइक जान्छ, दमकमभन्दा यो छिटो हुन्छ,’ उनले भने, ‘तत्काल बचाउनुपर्ने कुरालाई यसले बचाउनमा मद्दत गर्छ।’ आगलागी तथा विपत्जन्य जोखिमका बेला मोटरसाइकल दमकल उपयोगी मानिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार