धनगढी : क्रिकेटको सहर धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको विजेता बनेको एपिएफलाई बधाई दिँदै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले सुदूरपश्चिम प्रादेशिक संघलाई आगामी दिनमा अझ मिहिनेत गर्न सुझाव दिएका छन्।
“सुदूरपश्चिमले राम्रो खेल प्रस्तुत गरेको छ, तर अब उपाधि जित्ने गरी मिहिनेत गर्न जरुरी छ,” अध्यक्ष चन्दले भने। उनले प्रतियोगिताको सफल आयोजना गरेकोमा आयोजक टिमलाई पनि धन्यवाद दिएका छन्।
प्रतियोगितामा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै, सातौं पटक उपाधि जितेको थियो।
VIDEO LINK :