धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने

धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने
धनगढी उप-महानगरपालिका वडा न.३ मा निर्माण गरिने प्रस्तावित बस पार्कको डिपीआर

धनगढी: कैलालीको धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ। धनगढीमा निर्माण गरिने आधुनिक बसपार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ।

धनगढी उपमहानगरपालिका–३ को चटकपुर, कालिकाटोलमा प्रस्तावित आधुनिक बसपार्कको डिपिआर तयार भएको हो। नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको बित्तीय लगानीमा निर्माण गरिने प्रस्तावित बसपार्कको डिपिआर तयार भएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए।

धनगढी उपमहनगरले वडा नम्बर ३ चटकपुर, कालिकानगरको सरकारी पर्ति जग्गामा आधुनिक बसपार्क बनाउने तयारी गरेको हो। अहिले धनगढी बजार क्षेत्रमा रहेको बसपार्क एक बिघा जग्गामा मात्रै छ। डिपिआर तयार भएसँगै उपमहानगरलाई जग्गा भोगाधिकार प्राप्त गर्ने बाटो खुलेको छ।

वडा नम्बर–३ को कित्ता नम्बर १ को सरकारी जग्गाको स्वामित्व संघीय सरकारबाट प्राप्त गर्ने र आधुनिक बसपार्क बनाउने योजना उपमहानगरको छ। शहरी विकास तथा प्राविधिक महाशाखा प्रमुख इन्जिनियर दिजराज भट्टले लागत रकम भने अझै निक्र्यौल भइनसकेको बताए ।

यस्तो बन्नेछ आधुनिक बसपार्क भिडियो हेर्नुहोस् |

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार