हेमन्ता भट्टराई मिसेस राइज एण्ड साइन दिभा २०८० को विजेता बन्न सफल (भिडियो अन्तरवार्ता)

हेमन्ता भट्टराई मिसेस राइज एण्ड साइन दिभा २०८० को विजेता बन्न सफल (भिडियो अन्तरवार्ता)

धनगढी : १६ जनालाई पछि पार्दै गायिका तथा सञ्चारकर्मी हेमन्ता भट्टराई मिसेस राइज एण्ड साइन दिभा  २०८० को उपाधी विजेता बन्न सफल भएकी छन् ।  ललितपुरको बालकुमारी म्युजिक सिटी हलमा शनिवार भएको ग्रान्ड फिनालेमा १६ जना विवाहित महिला प्रतिस्पर्धीलाई पछि पार्दै हेमन्ता ताज पहिरिन सफल भएकी हुन। 

नेपाल टेलिकम र खल्ती एप्स मार्फत भएको भोटिङमा समेत सर्वाधिक भोटले विजयी हेमन्ता भट्टराईले यो ताज विजेता बने सँगै मिसेस युनिभर्समा समेत भाग लिन पाउने छिन् ।

मिसेस राइज एण्ड साइन दिभा  २०८० टप फाइभमा क्रमशः सुधा राई फस्ट रनर अप, रेनुका श्रेष्ठ सेकेन्ड रनर अप, ममता बजगाईँ थर्ड रनर अप र करुणा बस्नेत फोर्थ रनर अपमा चुनिन सफल भएका छन् ।

विजयीहरूले आकर्षक गिफ्टहरू सँगै एचु हेयर वयलले चेक भौचर, रोज ब्युटी एकेडेमीबाट ४० हजार बराबर सौन्दर्य सम्बन्धी कोर्स समेत प्राप्त गरेका छन् ।

उक्त कार्यक्रमका निर्णायकहरूमा वरिष्ठ अभिनेता सरोज खनाल, गृहिणी महिला सङ्घ नेपालकी अध्यक्ष अमृता शर्मा, भूमि एम.डी.आर इन्डस्ट्रीजका अध्यक्ष विमला मानन्धर, कस्मोलोजिस्ट तथा मोडेल परिसी कारनजित, किन्नर गार्ड्टेनका संस्थापक प्रधानाध्यापक कुमुद भट्ट र बेटर ग्यालेक्सीका एम।डी धिरज तन्डुकार रहेका थिए। 

राइज एन्ड साइन कृयसन प्रा.लीले ३ महिना देखी काठमाडौँ, ललितपुरमा ३ चरणको अडिसन लिएको थियो।  ३० जना विवाहित महिलाहरूको बिचमा प्रतिस्पर्धा गराउँदै १६ जना भोटिङ राउन्डमा प्रवेश गरेका थिए। उनीहरूलाई जयन सुब्बा मानन्धरले अफिसियल क्रोयिग्राफर भएर कोरियोग्राफी गरेकी थिइन।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व उपराष्ट्रपति डा.परमानन्द झा रहेका थिए । 

कैलाली जनपुस्तकालय

यसका साथै हेमन्तालाई सोमबार सुदूरपश्चिमकै अग्रणी कैलाली जनपुस्तकालय धनगढीले ६७ औँ वार्षिकोत्सवको अवसर पारी हर्ष-पार्वती राष्ट्रिय लोक संस्कृति पुरस्कार २०८०, नगद रु १०,०००० सहित सम्मान गरेको छ । 

बुधवार धनगढीमा पत्रकार भेटघाटका क्रममा उनै मिसेस राइज एण्ड साइन दिभा २०८० विजेता हेमन्ता भट्टराई सँग गरिएको यो कुराकानीको भिडियो हेर्नुहोस्:

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार