धनगढी : धनगढी उपमहानगरपालिका–३ बडहरास्थित पिस ल्याण्ड रिसोर्टले असोज १ गतेदेखि ग्राहक लक्षित ‘लक्की बिल’ योजना सञ्चालन गर्ने भएको छ।
रिसोर्टका अनुसार योजनाअन्तर्गत कुल १५ लाख रुपैयाँ बराबरका विभिन्न उपहार प्रदान गर्ने तयारी गरिएको छ। रिसोर्ट सञ्चालनको पाँच वर्ष पूरा भएको अवसरमा योजना ल्याइएको सञ्चालक कविन्द्र ऐरले जानकारी दिए।
योजनामा सहभागी हुन रिसोर्टबाट सेवा लिएपछि प्राप्त बिल सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको उनले बताए। निर्धारित संख्यामा बिल संकलन भएपछि लक्की ड्रमार्फत विजेता छनोट गरिने र पुरस्कार दाबी गर्दा सम्बन्धित बिल पेस गर्नुपर्ने रिसोर्टले जनाएको छ।
यद्यपि, कति वटा बिल संकलन भएपछि लक्की ड्र गरिने, ड्रको मिति कहिले तय गरिने तथा १५ लाख रुपैयाँ बराबरको भनिएको उपहारमा के–कस्ता पुरस्कार समावेश हुनेछन् भन्ने विस्तृत विवरण रिसोर्टले सार्वजनिक गरेको छैन।
सञ्चालक ऐरका अनुसार रिसोर्टमा खाना तथा आवाससँग सम्बन्धित विभिन्न सेवा उपलब्ध छन्। लक्की बिल योजनामार्फत नियमित तथा नयाँ ग्राहकलाई कार्यक्रममा सहभागी गराउने उद्देश्य रहेको उनले बताए।





