प्रधानमन्त्री कप: एपिएफ सातौं पटक च्याम्पियन, सुदूरपश्चिमलाई ९ विकेटले हरायो

प्रधानमन्त्री कप: एपिएफ सातौं पटक च्याम्पियन, सुदूरपश्चिमलाई ९ विकेटले हरायो
प्रकाशित : :

धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन एपिएफले जितेको छ। विभागीय टोली एपिएफले घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।

एपिएफले गत संस्करणमा कोशी प्रदेशलाई पराजित गर्दै च्याम्पियन बनेको थियो। यो जितसँगै एपिएफ प्रतियोगिताको इतिहासमा सातौं पटक च्याम्पियन बन्न सफल भएको छ।

सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपिएफले १२.५ ओभरमा १ विकेट गुमाएर सहजै पूरा गर्यो। टोलीकी ओपनर ममता चौधरीले नट आउट रहँदै सर्वाधिक ४४ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याइन्। कप्तान इन्दु बर्मा र ममताले दोस्रो विकेटका लागि ४४ रनको साझेदारी गरे। इन्दुले नट आउट १८ रन जोडेकी थिइन् भने राजमती ऐरीले ४ रन बनाइन्।

टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम १८.१ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो। टोलीका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् भने बिन्दु रावलले १७ रनको योगदान दिइन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपिएफका लागि कविता जोशीले ३ विकेट लिइन्। सबनम राई र कप्तान इन्दुले समान २-२ विकेट लिएर सुदूरपश्चिमको पारी धराशायी बनाए।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट