के तपाईँलाई फूल चाहियो ? यी हुन धनगढीका पुष्प व्यवसायीहरूका मोबाइल नं

फूल के हाे ? नेपालमा मूख्यरूपमा खेती गरिने फूलहरू
फूलहरू

धनगढी : अहिले धनगढी उप-महानगरपालिकाले पुष्प व्यवसायीहरू लाई तालीम दिई फूल खेती गर्न प्रोत्साहन गर्न थालेपछि धनगढीमा पनि फूल खेती गर्ने किसानहरूको सङ्ख्या बढ्न थालेको छ । उप-महानगरपालिकाले २०७९ असोज १ गतेबाट प्लास्टिक ब्यान्ड गरे सँगै प्लास्टिकका फुलहरूको विकल्पका रूपमा प्राकृतिक महत्त्व बोकेका फुलहरू तर्फ किसान र व्यवसायीहरू लाई जोड्न खोजेको छ । 

प्लास्टिकको अव्यवस्थित प्रयोगले हुने वातावरणीय प्रदूषण र नेपाली पैसा बिदेसिन नदिन एवं स्वदेशमै रोजगारीको सिर्जना गर्न तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ, भने किसानले उत्पादन गरेको फुल बजारीकरणको अभावमा बिक्री हुन नसके सबै फुल उपमहानगरले खरिद गर्ने भन्दै किसान, पुष्प व्यवसायीहरू लाई ढुक्क भएर फुल खेती गर्न समेत उपमहानगरले आग्रह गरेको थियो ।

जसको निरन्तरता स्वरूप बजारीकरणमा सहयोग गर्न पुष्प व्यवसायी हरूको फोन नम्बर नाम ठेगाना सहितको सूचना सामाग्री सार्वजनिक गरेको छ । 

यदि तपाईँहरू पनि यो तिहार अथवा कुनै पनि कार्यका लागी फूल खोज्दै हुनुहुन्छ भने धनगढीका निम्न पुष्प व्यवसायीहरू लाई सम्पर्क गर्नु होस् । 

धनगढीका पुष्प व्यवसायीहरूका मोबाइल नं
धनगढीका पुष्प व्यवसायीहरूका मोबाइल नं

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार