फूल के हाे ? नेपालमा मूख्यरूपमा खेती गरिने फूलहरू

फूल के हाे ? नेपालमा मूख्यरूपमा खेती गरिने फूलहरू
फूलहरू

धनगढीः फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ । फूल भन्नाले बिरुवाको प्रजनन अङग भन्ने बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई विक्रि गरेर जीविकोपार्जन गर्ने कृयालाई बुझाउछ।

नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म, पूजापाठ, प्रेमालाप, कुनै वरिष्ट पाहुनाको स्वागत घर या वातावरणको जसावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ।

फूल हेर्न, समीपमा जान, स्पर्श गर्न, जानकारी लिन र सुगन्धको अनुभूति गर्न लालायित हुन्छ मान्छे । फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतीक पनि मान्न सकिन्छ । फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो ।

धार्मिक, सांस्कृतिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक र वातावरणीय महत्त्व र फाइदाहरू धेरै भएको फूलको आर्थिक महत्त्व र दायरा वर्तमान समयमा बढ्न थालेको छ ।

फूल उत्पादन, प्रशोधन र निर्यात गर्ने प्रमुख राष्ट्रहरूमा निदरल्यांन्ड, कोलम्बिया, ईक्वेडर र केन्या हुन भने बेलायत, जर्मनी, फ्रान्स र विश्वका प्राय सबै देशहरूमा पनि फूलको उत्पादन, प्रयोग र बिक्री वितरण हुन्छ । फूलको व्यावसायिक उत्पादन र कारोबार तीव्र गतिमा बढिरहेको छ ।

  • नेपालमा मूख्यरूपमा खेती गरिने फूलहरूमा :
  • सयपत्री
  • मखमली
  • गुलाब
  • चमेली
  • तरबारे फूल
  • गोदावरी फूल
  • जाई
  • सूर्यमुखी
  • लाहुरे फूल
  • लालुपाते फूल आदि पर्दछन्।
  • फूलका केही भागहरु निम्न प्रकारका छन् :-
  • क्यालिक्स (calyx) यसको अर्को नाम sepals हो।
  • कोरोला (corolla) यसको अर्को नाम petals हो।
  • एन्ड्रोसियम (Androecium) यसको अर्को नाम stamens हो।
  • गाइनोसियम (Gynoecium) यसको अर्को नाम pistil हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार