धनगढीमा एचआइभी एड्स सङ्क्रमित तथा प्रभावितहरूको समस्या संवोधनको लागि कार्यशाला [ भिडियो रिपोर्ट ]

धनगढीमा एचआइभी एड्स सङ्क्रमित तथा प्रभावितहरूको समस्या संवोधनको लागि कार्यशाला

धनगढी : धनगढीमा एचआइभी एड्स सङ्क्रमित तथा प्रभावितहरूको समस्या संवोधनको लागि सञ्चारकर्मी तथा सङ्क्रमित व्यक्तिहरू सँग परामर्श कार्यशाला सम्पन्न भएको छ ।

मङ्गलवार सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने एचआइभी एड्स सङ्क्रमित व्यक्तिहरूको मानव अधिकार अवस्था अध्ययन/अनुगमन गरिरहेको सन्दर्भमा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले एचआइभी एड्स सङ्क्रमित तथा प्रभावितहरूको अनुगमनको क्रममा प्राप्त प्रारम्भिक तथ्यको आधारमा एचआइभी एड्स सङ्क्रमित तथा प्रभावितहरूको समस्या संवोधनको लागि मौजुदा कानुन नीति तथा कार्यक्रमको सम्बन्धमा सञ्चारकर्मी तथा सङ्क्रमितसँग परामर्श लिएको हो । 

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख हरि ज्ञवाली सभाध्यक्ष रहेको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कानुन महाशाखा प्रमुख झंकर बहादुर रावलले मानवअधिकारका बारेमा प्रस्तुतीकरण राख्दै आम सञ्चार माध्यममाा कलम चलाउने पत्रकारहरू जिहले पनी मानव अधिकारको रक्षार्थ अग्रपंतिमा रहने गरेको र हरेक तह तप्काको समस्या उठान गर्ने गरेकाे बताउँदै अझै पनि मानव अधिकार ३६५ दिन नै लागु हुनु पर्छ भने पनि समाजमा सचेतनाको कमीले मानव अधिकारको रक्षा तथा कार्यान्वयन हुन नबसेको बताउनु भयो । 

यस्तै, कार्यक्रममा आफ्ना अनुभव र समस्या सुनाउँदै एचआइभी सङ्क्रमित महिला द्वय, 

आफ्ना अनुभव र सुझाव राख्दै अर्का एच.आईभी सङ्क्रमित गोरख बिक ले सेती प्रादेशिक अस्पतालमा एचआइभी सङ्क्रमित बिरामीहरूको उपचारमा समस्या हुने गरेको बताउनुभयो । 

त्यस्तै, कार्यशालामा सुझाव प्रस्तुत गर्दै पत्रकार दिल ब. छन्त्याले देह व्यापार नियन्त्रण तथा त्यसको व्यवस्थापनमा सरकार चुक्दा एच.आईभी सङ्क्रमितको सङ्ख्या अझ बढ्दो दरमा रहेको बताउनु भयो । 

यस्तै , पत्रकार नारायण अवस्थिले राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि व्यक्तिलाई प्राकृतिक रूपमा हुर्कन पाउनु पर्ने अधिकारको सुनिश्चित गर्नु पर्ने बताउनुभयो । 

त्यस्तै, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले  पछिल्लो समय एच.आई.भी सङ्क्रमित व्यत्तिहरुका गुनासा तथा समस्याहरूको उठान कम हुने गरेको र समाजमा गुम्सिएर बसेका समस्याहरू को उजागर गर्नको निम्ति मानव अधिकार आयोगले पत्रकारहरू सँग थप छलफल र सहकार्यको आवश्यकता रहेको औँल्याउनु भयो ।

यसका साथै, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मनोज दुवाडीले एचआइभी एड्स सङ्क्रमित व्यक्तिहरूको  मानव अधिकारको रक्षा सँग-सँगै उहाँहरू को मन-मनमा सकारात्मक ऊर्जा फैलाउनु पर्ने जोड दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न विषयमा नागरिकको मानवअधिकारको उपभोगको अवस्थाको अनुगमन गरी प्रभावकारी कार्यान्वयनको लागि पृष्ठपोषण गर्ने जिम्मेवारी अनुरूप अनुगमन गदै आई रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार